स्थानीय सरकारले कृषिमा ध्यान दिनुपर्ने किन ?
बिगत दुई दशकदेखि नेपालको कृषि निरन्तर बिग्रदोे छ । कृषि कर्म एकाएक महिला र वृद्ध वृद्धाहरुको काँधमा आइपुगेको छ । युवाहरु रोजगारीका लागि सहर पस्ने तथा विदेशिने क्रम बढेको छ । स्थानीयस्तरमा पुरुष कामदारको अभावमा महिलाहरुले मात्र सबै खेतीयोग्य जमिनको व्यवस्थापन गर्न नसक्दा स्थानीय उत्पादनमा कमि र खाद्यान्न आयात तथा खाद्य असुरक्षामा वृद्धि गराएको छ ।