नेपाली कृषिको रुपान्तरणका लागि नागरिक सुझाव
बिगत दुई दशकदेखि हाम्रो कृषिक्षेत्र निरन्तर ओरालो लागिरहेको छ । यसोहुनुको मुख्य कारण हाम्रो आफ्नै बिषेषतामा आधारित कृषि प्रणाली अपनाउने दृष्टिकोण पुग्न नसक्दा आम किसानहरु कृषि क्षेत्रबाट पलायन हुदै जाने बाध्यात्मक परिस्थिति सृजना हुनु हो । जसका कारण खाद्य उत्पादन बढेको छैन तर खाद्य वस्तुको आयात विकराल रुपमा बढेको छ । यसबारे अहिले सबैतिर केही चिन्ता र चासो पनि बढेको देखिन्छ ।